७ पुस, एजेन्सी। जर्मनीको एक क्रिसमस बजारमा गराइएको कार दुर्घटनामा परी पाँच जनाको मृत्यु हुनुका साथै २०० भन्दा बढी घाइते भएको स्याक्सोनी–अनहाल्ट राज्यका प्रमुख रेनर हसेलोफले शनिबार जानकारी दिएका छन् ।
मानिसहरूको भीडमा गुडेको कार करिब ४ सय मिटर पर पुगेपछि मात्र रोकिएको थियो । जिहादी समूहले गराएको उक्त कार दुर्घटनामा करिब ४० जना गम्भीर घाइते भएका छन् ।
घाइतेहरुको उपचार भइरहेको पूर्वी सहर म्याग्डेबर्गका जर्मन चान्सलर ओलाफ स्कोल्जले बताएका छन् । उनले उक्त भयानक आक्रमणको निन्दा गर्दै जर्मनीले ‘उचित कानुनी दण्डद्वारा’ जवाफ दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।