समाचार

एमाले अधिवेशन : खसेको भन्दा ३१ मत बढी भेटिएपछि निर्वाचन रद्द

२७ पुष २०७८, मंगलवार १७:२४
एमाले अधिवेशन : खसेको भन्दा ३१ मत बढी भेटिएपछि निर्वाचन रद्द

२७ पुस, दैलेख । नेकपा एमाले दैलेखको निर्वाचनमा खसेको भन्दा ३१ मत बढी भेटिएपछि निर्वाचनका सबै कार्यक्रम रद्द गरिएको छ।

एमाले दैलेखमा जम्मा मतदाताको सङ्ख्या ७२१ रहेको थियो । जसमा ७१८ मत खसेको थियो । तर मत पेटिका खोल्दा  ७४८ मत भेटिएपछि निर्वाचन मण्डलको कार्यक्षमता माथि गम्भीर प्रश्न उठेको छ।

अब केन्द्रीय निर्वाचन आयोगको छानबिन पछि मात्र थप प्रक्रिया अघि बढाउने बताइएको हो। तर नेताहरू अहिले छलफलमा जुटेका छन्।

प्रतिक्रिया दिनुहोस्