खेलकुद

एन्जल्स हार्ट र न्युटन उपाधिनजिक

५ पुष २०८१, शुक्रबार १९:२९
एन्जल्स हार्ट र न्युटन उपाधिनजिक

५ पुस,काठमाडौं। एन्जल्स हार्ट र न्युटन प्रथम हिमरश्मि कप यु–१९ कलेज÷स्कुल उपत्यकाव्यापी छात्र भलिबल प्रतियोगितामा शुक्रबार फाइनलमा प्रवेश गरेका छन् ।

एन्जल्स हार्टले जय मल्टिपल क्याम्पसलाई २५–१५, २४–२६, २५–२२ र २५–२२ को सेटमा पराजित ग¥यो । अर्को सेमिफाइनलमा न्युटनले आयोजक हिमरश्मिलाई २५–१३, २५–१९, २०–२५ र २५–१७ ले हरायो । सेमिफाइनलदेखि ‘बेस्ट अफ फाइभ’ का आधारमा खेल खेलाइको छ ।

बिहीबारै भएको क्वाटरफाइनलमा एन्जल्स हार्टले नेपाल राष्ट्रिय कलेजलाई २–१, हिमरश्मिले ग्लेसियरलाई २–१, जय मल्टिपलले सेन्ट लरेन्सलाई २–० र न्युटनले युनिग्लोबलाई २–० ले पाखा लगाउदै सेमिफाइनलमा स्थान सुरक्षित गरेका थिए । प्रतियोगिता शनिबार सम्पन्न हुनेछ । विजेताले २५ हजार, उपविजेताले १५ हजार र तेश्रो हुनेले ५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।

गेटवे र ब्रम्हकुञ्ज फाइनलमा
डिफेन्डिङ च्याम्पियन गेटवे एकेडेमी र ब्रम्हकुञ्ज १७ औं फेका कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा शुक्रबार फाइनलमा प्रवेश गरेका छन् । मूलपानी मैदानमा भएको पहिलो सेमिफाइनलमा गेटवेले ओरियन्टल एकेडेमीलाई ५–२ गोलले पराजित गर्यो । गेटवेका प्रतीक रायमाझीले ह्याट्रिक गरे भने दर्शन केसी र प्रदीप खत्रीले १–१ गोल थपे । प्रतीक ‘म्यान अफ द म्याच’ घोषित भए ।

फेकाको आयोजनामा भइरहेको प्रतियोगिताको अर्को सेमिफाइनलमा ब्रम्हकुञ्जले हाइली क्रिएटिभलाई पेनाल्टी सुटआउटमा ५–४ ले हरायो । निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएको थियो । विजेताका सन्दिप राई ‘म्यान अफ द म्याच’ चुनिए ।

बौद्ध र फ्रिडम ‘बी’ फाइनलमा
बौद्ध भेट्रान र फ्रिडम फाइटर क्लब ‘बी’ चौथो वडा अध्यक्ष कप भेट्रान फुटबल प्रतियोगितामा शुक्रबार फाइनलमा प्रवेश गरेका छन् ।
चावहिलमा भइरहेको प्रतियोगितामा बौद्धले फ्रिडम फाइटर क्लब ‘ए’ लाई टाइब्रेकरमा ३–१ गोलले पराजित ग¥यो । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा टुंगिएको थियो । बौद्धका गोलरक्षक धर्मेन्द्र लामा ‘म्यान अफ द म्याच’ घोषित भए ।

काठमाडौं महानगरपालिका वडा ७ द्वारा आयोजित प्रतियोगिताको अर्को सेमिफाइनलमा फ्रिडम फाइटर क्लब ‘बी’ ले जोरपाटी एफसीलाई ३–१ गोलले हरायो । विजयी टिमका लागि राजु तामाङले २ तथा निलेन्द्र देवानले १ गोल गरे । जोरपाटीका राकेश लामाले सान्त्वना गोल फर्काए । विजेताका नारोत्तम गौतम ‘म्यान अफ द म्याच’ चुनिए ।

स्युचाटार क्रिकेट लिग अर्को साता
तार्केश्वर युवा क्लबको आयोजनामा स्युचाटार क्रिकेट लिग पुस १२ गतेदेखि हुने भएको छ । प्रतियोगितामा १६ टिमको सहभागिता रहने प्राविधिक संयोजक रविन्द्र गुप्ताले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।

लिग कम नकआउट आधारमा हुने प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ५० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । प्लेयर अफ सिरिजलाई १० हजार तथा उत्कृष्ट बलर र ब्याट्सम्यानलाई जनही ५ हजार नगदबाट पुरस्कृत गरिने छ । प्रतियोगिता सञ्चालन गर्न करिब १३ लाख रुपैयाँ खर्च हुने आयोजक क्लबका अध्यक्ष सन्तोष बुढागथोकीले बताए । चारदिने प्रतियोगिताका खेलहरु स्युचारटारमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्