नेपाली चलचित्र

‘पूर्ण बहादुरको सारङ्गी’ले मनायो ३८ वटा हलमा प्रदर्शनको ५१औँ दिन

५ पुष २०८१, शुक्रबार ०८:२७
‘पूर्ण बहादुरको सारङ्गी’ले मनायो ३८ वटा हलमा प्रदर्शनको ५१औँ दिन

काठमाडौं। एकपछि अर्को इतिहास रचिरहेको ‘पूर्णबहादुरको सारङ्गी’ले शुक्रबार एउटा इतिहास रच्दैछ । त्यो हो- अहिलेसम्मको धेरै हलबाट ५१ दिन मनाउने इतिहास ।

नेपाली बक्सअफिसबाट मात्रै यो चलचित्रले ६ हप्तामा ४९ करोड २५ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको छ । ५१ दिनको ग्रसकलेक्सन भने आज सार्वजनिक गर्ने कार्यकारी निर्मातामा रमेश चौलागाईंले जानकारी दिए । सरोज पौडेलको निर्देशन रहेको चलचित्रमा विजय बराल मुख्य भूमिकामा छन् ।

निर्माता कम्पनी सेभेन सिज इन्टरटेनमेन्टले २९ नोभेम्बरसम्मको अन्तर्राष्ट्रिय बजारको कमाइ सार्वजनिक गरेको थियो । सात विदेशी बजारबाट फिल्मले सो अवधिसम्म २३ करोड ३५ लाख रुपैयाँ ग्रस (करिब १७ लाख ३० हजार अमेरिकी डलर) कमाएको विवरण सार्वजनिक भएको थियो ।

प्रतिक्रिया दिनुहोस्