समाचार

मन्त्री प्रेम आले चढेको कारसँग ठोक्कियो

२७ पुष २०७८, मंगलवार १६:३७
मन्त्री प्रेम आले चढेको कारसँग ठोक्कियो

२७ पुस, धनगढी। संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री प्रेम आले चढेको जिप कैलालीको एयरपोर्ट मोडमा दुर्घटनामा परेको छ । मन्त्री आले मंगलबार राति काठमाडौंबाट धनगढी हुँदै कञ्चनपुरको महेन्द्रनगरमा हुने एक कार्यक्रममा जाने क्रममा उनी चढेको गाडी दुर्घटनामा परेको हो ।

दुर्घटनामा मन्त्री आले भने सकुशल रहेको प्रहरीले जनाएको छ । राति करिब सवा ८ बजेतिर बा ४ च १३७७ नम्बरको निजी कारले मन्त्री आले चढेको सुप प्रदेश ०१ ०० १ झ ३३३ गाडीलाई एयरपोर्ट मोडमा ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी विश्व अधिकारीले बताए ।

एसपी अधिकारीका अनुसार गाडीमा क्षति पुगे पनि मन्त्री आलेसहित उनको गाडीमा सवार सबै सकुशल रहेका छन् । ठक्कर दिने कारका चालक पवन कठायलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्