१ पुस, काठमाडौं। काठमाडौं महानगरपालिकाका पूर्व मेयर पीएल सिंहको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि उनको निवास चाकसिबारीबाट कांग्रेस केन्द्रीय कार्यालय सानेपामा लगिएको छ।
नेपाली कांग्रेसका नेता सिंहको पार्थिव शरीरलाई श्रद्धाञ्जलिका लागि बिहान उनको निवासमा राखिएको थियो।
सिंह २०४९ को स्थानीय निर्वाचनमा काठमाडौंका मेयर निर्वाचित भएका थिए। उनको आज ८७ वर्षको उमेरमा उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
सिंह पेटसम्बन्धी रोगको उपचारमा थिए। उनको आजै अन्त्येष्टि गरिने जनाएको छ।