समाचार

१८३ किलो गाँजासहित एकजना पक्राउ

२७ पुष २०७८, मंगलवार १४:५७
१८३ किलो गाँजासहित एकजना पक्राउ

२७ पुस, हेटौंडा। मकवानपुरमा १८३ किलो गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

पालुङबाट हेटौँडातर्फ गइरहेको प्रदेश ३–०१–००२२ च ३५५६ नम्बरको पिकअप गाडीलाई प्रहरीले भीमफेदी गाउँपालिका– २ भैंसेस्थित चेकपोस्टबाट चालकसहित नियन्त्रणमा लिएको हो ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुबाट खटिएको विशेष टोली र प्रहरी चौकी भैंसे मकवानपुरबाट खटिएको सयुक्त टोटीले जिल्ला मकवानपुर भिमफेदी गाउपालिका–२ भैंसेस्थित प्रहरी चेक पोष्टबाट उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सुरेन्द्र गुरुङले बताए ।

नियन्त्रणमा लिइएको गाडी, गाँजा र चालक स्याङतानमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्