२६ मंसिर, काठमाडौं। एनपीएलमा लुम्बिनी लायन्सविरुद्ध काठमान्डु गुर्खाजका कप्तान करण केसी ‘प्लेयर अफ द म्याच’ घोषित भएका छन् ।
बुधबार भएको खेलमा टोलीलाई १८ रनले जिताउन ४ विकेट लिएका करणले ‘प्लेयर अफ द म्याच’ अवार्ड प्राप्त गरेका हुन् । उनले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।
काठमान्डुका स्टीफन एस्किनाजी ले ‘सुपर फोर’ को अवार्ड जिते । जसमा २५ हजार रुपैयाँको पुरस्कारसहित ५ हजार रुपैयाँको एनसेल रिचार्ज भौचर पनि प्राप्त गरेका छन् ।