२५ मंसिर,काठमाडौँ। नेपाल सरकारले जनवादी गणतन्त्र चीन सरकारसँग हालै भएको ‘बेल्ट एण्ड रोड कोअपरेसनको फ्रेमवर्क’ सार्वजनिक गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको चीनको औपचारिक भ्रमणका क्रममा यही मङ्सिर १९ गते भएको उक्त दस्तावेज परराष्ट्र मन्त्रालयले आज सार्वजनिक गरेको हो ।
परराष्ट्र मन्त्रालयले मंगलबार उक्त सम्झौताको पूर्णपाठ वेबसाइटमार्फत् सार्वजनिक गरेको हो । दक्षिण तथा मध्य एसियाली मामिलाका लागि अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लुले दुई दिने नेपाल भ्रमण सकेर फर्किएलगत्तै चीनसँग भएको महत्त्वपूर्ण सम्झौताको दस्तावेज सरकारले सार्वजनिक गरेको हो ।
जसमा टोखा-छहरे सुरुङमार्ग, हिल्सा सिमिकोट सडक, किमाथांका खाँदबारी सडक तथा पुल चाइना-नेपाल क्रश बोर्डर रेल्वे प्रोजेक्ट, डडेल्धुराको अमरगढी सिटी हल, जिलोङ-रसुवागढी-चिलिमे २२० केभी प्रशारण लाइन, मदन भण्डारी साइन्स एन्ड टेक्नोलोजी युनिभर्सिटी, काठमाडौं साइन्टिफिक सेन्टर तथा साइन्स म्युजियम, चाइना-नेपाल फ्रेन्डशिप पार्क र झापा स्पोर्ट्स एन्ड एथ्लेटिक्स कम्प्लेक्स छन्