मनोरञ्जन

१०० जना बच्चाको हत्यारामाथि बनेको चलचित्र प्रदर्शनमा नआउँदै विवादमा

२७ पुष २०७८, मंगलवार १४:३६
१०० जना बच्चाको हत्यारामाथि बनेको चलचित्र प्रदर्शनमा नआउँदै विवादमा

एजेन्सी। चलचित्र निर्देशक अबू अलीहाले पाकिस्तानको इतिहासकै सबैभन्दा ठूलो ‘सिरियल किलर’ भनिएका जावेद इकबालको जीवनमाथि चलचित्र बनाएका छन् । चलचित्र हेरेर दर्शकको टिकटको मूल्य खर्च नजाने उनको दाबी छ ।

डिसेम्बेर २४ मा रिलिज हुने भनिएको चलचित्र निर्माण टिमले जनवरीसम्मका लागि स्थगित गरेको छ । ‘जावेद इकबालः द अनटोल्ड स्टोरी अफ ब सिरियल किलर’ नामक यो चलचित्र अहिले विवादमा तानिएको छ । यसविषयमा चलचित्रका निर्देशक अबू अलीहा पाकिस्तानको यो घटनालाई याद गर्नुपर्ने बताउँछन् ।

जावेद इकबाल पाकिस्तानको इतिहासको एउटा हिस्सा भएको दाबी गर्छन् । अलीहा भन्छन्, “यो हाम्रो इतिहासको एउटा नराम्रो पात्र हो, त्यसैले यसलाई बिर्सनको साटो यसलाई याद गरेर यस्तो किन भएको भन्ने कुरा खोज्नुपर्छ ।” भारत विभाजनको बारेमा चलचित्र बन्न सक्छ भने, यो कथामा चलचित्र किन बन्न नसक्ने भन्दै उनी तर्क राख्छन् ।

सिरियल किलर माथि चलचित्र किन ?
आफूले हरेक विषयमा चलचित्र बन्नुपर्ने सोचेर एउटा सिरियल किलरको जीवनलाई लिएर चलचित्र बनाएको उनी बताउँछन् । पछिल्लो समयको विश्वचर्चित कोरियन ड्रामा स्क्विड गेमको उदाहरण दिँदै अलीहा भन्छन्, “जब उनीहरूले अमेरिकन साइको बनाए, मानिसहरूले यसमा यस्तो फिल्म बनाउनु हुँदैन भनेर भनेका थिएनन् ।

यो पाकिस्तानमा मानिसहरूले गर्ने कुरा हो, यही मानिसहरू कुनै सन्देश नदिने ‘स्क्विड गेम’ पनि हेर्छन्,” उनी अगाडि भन्छन्, “एउटा ‘यू’ नामको सिरिज पाकिस्तानमा ट्रेन्ड गरेको थियो । यसको मतलब पाकिस्तानले हेरिरहेको छ । यसमा एकजना नोकर हुन्छ, जो स्टकर हुन्छ, त्यसोभए तपाईं किन स्टकरलाई हेर्दै हुनुहुन्छ ? तपाईंले के सन्देश पाइराख्नु भएको छ… त्यसैले सबै कुराको सन्देश हुँदैन ।

आफू यो चलचित्रका लागि पछिल्लो चार वर्षदेखि प्रतिबद्ध भएर लागिरहेको उनी बताउँछन् । नेटफ्लिक्स र अमेजोनमा यस्ता सिरियल किलरहरूमाथि बनेका प्रशस्तै चलचित्र र सिरिजहरू रहेको उनले बताए ।

सिरियल किलर जावेदको पात्र निर्माण गर्न आफैँमा चुनौतीपूर्ण भएको निर्देशक अलीहा बताउँछन् । “जावेद इकबालको पात्रलाई बनाउन चुनौती थियो । यो चलचित्र हेर्न जाँदा तपाईंले यासिर हुसेन, आयशा उमर र राबिया कुलसुमलाई नभएर एक प्रहरी अधिकारी, एकजना आमा र एकजना सिरियल किलरलाई पाउनुहुनेछ ।”

चलचित्रका कलाकार यसरी छानिए

अबु अलीहाकाअनुसार यासिरको अनुहार जावेद इकबालसँग मिल्दोजुल्दो छैन । तर, यासिर हुसेन एकदमै राम्रा अभिनेता हुन्, उनले यो चरित्र राम्रोसँग निभाउन सक्छन् भन्ने लागेर उनलाई छानिएको हो ।

आयशा उमरको छनोटबारे उनले पाएको ‘सुन्दर’ चरित्रको छाप भएको बताउँछन् । “हामी मानिसहरूलाई चकित पार्न चाहन्थ्यौँ, यसमा आयशा उमर एउटा राम्रो विकल्प हुने हामीलाई लाग्यो । जो दस वर्षदेखि तपाईंको अनुहारमा मुस्कान ल्याउँदै आइरहेकी छन् । उनी अब रुनेछिन्, सय सन्तानकी आमाका लागि रुनेछिन् र उसलाई घृणित नजरले हेर्नेछन्, वास्तवमा यो एउटा अचम्मको कुरा थियो।”

निर्देशक अलीहालाई चलचित्र बनाउन जति चुनौतीपूर्ण थियो उत्तिकै कलाकारहरूलाई मनाउन थियो ।

“मेरा लागि सबैभन्दा ठूलो चुनौती सीमित बजेटको थियो । त्यो भन्दा पनि ठूलो चुनौती यासिर हुसेन र आयशा उमर जस्ता स्टारहरूलाई चलचित्रका लागि मनाउनु र उनीहरूलाई निराश नबनाउनु थियो । उनीहरूलाई मैले सम्झाउनुपर्ने कुरा भनेको एउटा ‘जोखिमपूर्ण प्रोजेक्ट’मा महिनौ दिनसम्म उहाँहरूको मिहिनेत गराउनु र त्यसको बदलामा उहाँहरूको मिहिनेतअनुसारको पारिश्रमिक दिन पाउदिन भनेर भन्नु ।”

तीन अलग–अलग व्यक्तिबाट एउटै रोलको अफर
अभिनेता यासिर हुसेनकाअनुसार उनलाई तीन फरक–फरक व्यक्तिबाट जावेद इकबालको भूमिका निभाउन प्रस्ताव आएको थियो र उनले तीनै जनाको प्रस्ताव स्वीकार गरेका थिए ।

जावेद इकबालसँग मेरो केही फरक सम्बन्ध छ । करिब ७ वर्ष पहिले मलाई लाहोरमा एउटा सर्ट फिल्म खेल्न बोलाएको थियो । त्यो सर्ट फिल्म बनाउनेहरूले नै मलाई अर्को प्रोजेक्ट जावेद इकबालमाथि बनाउने बताएका थिए । उहाँहरूले मलाई त्यसमा खेल्ने भनेर सोध्नुभएको थियो र मैले हुन्छ भनेँ । त्यसपछि अर्को एकजना व्यक्ति आउनुभयो र मलाई जावेद इकबालमाथि चलचित्र बनाउन लागेको खेल्नुहुन्छ भनेर प्रस्ताव गर्नुभयो ।

मैले हुन्छ भनेँ । त्यसपछि अबू अलीहा आउनुभयो र त्यही प्रश्न गर्नुभयो । मैले जवाफमा मलाई यो विषयमा धेरैसमयअघिदेखि मजाक भइरहेको बताएँ । तर, पनि मैले त्यही समय उहाँलाई हुन्छ भनेँ । किनभने मलाई थाहा थियो कि उहाँले चलचित्र बनाउनुहुन्छ । किनभने उहाँले पहिला पनि चलचित्र बनाइसक्नुभएको थियो ।”

सय जना बच्चा मार्ने जावेद आफैँले आत्मसमर्पण गरेका थिए । त्यसैले होला उनमा एक किसिमको एटिच्यूड थियो । उनले गर्व र अहंकार देखाइरहेको उनको पात्र निभाएका यासिर हुसेनले महसुस गरे ।

यो जावेदको लुकमा काम गर्न उनले हेरेको एउटा सानो भिडियो क्लिपबाट उनीबारे यासिरले बनाएको सोच हो । प्रहरीको गाडीबाट ओर्लने क्रममा उनले गर्वका साथ भनेको थिए, “तिमीले मलाई आफैँले पक्राउ गरेको जस्तो गरी उतारिरहेका छौँ त ?”

चलचित्र सिरियल किलर इकबालको जीवनको एउटा हिस्सामा मात्रै बनाइएको थियो । उनलाई चाँदै गोली हानेर मारिएको थियो, जुन अभिनेता यासिरका लागि खुसीको कुरा थियो ।

किनभने उनी इकबालको भूमिका लामो समय गर्न नसक्ने बताउँछन् । किनभने चलचित्रका थुप्रै दृश्यहरू एकदमै भावनात्मक भएको उनको अनुभव छ ।  कैयौँपटक उनका निर्देशकले ‘कट’ भनेकै भरमा रोकिएको उनले बताए । बीबीसीको सहयोगबाट 

प्रतिक्रिया दिनुहोस्