मुख्य समाचार

रविलाई म्याद थपका लागि अदालतमा पेश गर्ने तयारी

२३ मंसिर २०८१, आईतवार १०:०१
रविलाई म्याद थपका लागि अदालतमा पेश गर्ने तयारी

२३ मंसिर,काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज जिल्ला अदालत कास्की उपस्थित गराइँदैछ।

कास्की जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका उनलाई पछिल्लोपटक थपिएको हिरासत म्याद सकिएकाले आज अदालत लगेर म्याद थप गर्न लागिएको हो।

यसअघि कास्की जिल्ला अदालतले गत ९ मंसिरमा १५ दिनका लागि दिएको म्याद शुक्रबार राति नै सकिएको थियो। शनिबार अदालत बन्द भएकाले आज मात्र लामिछानेलाई अदालतमा पेश गर्न लागिएको हो।

लामिछानेमाथि सहकारी ठगी, संगठित अपराध, सम्पत्ति शुद्धीकरण जस्ता मुद्दामा अनुसन्धान चलिरहेको छ। लामिछानेसँगै, पूर्व प्रहरी डीआईजी छविलाल जोशीसहित पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारीको रकम अपचलनमा संलग्न अन्य व्यक्तिहरूलाई पनि आज अदालतमा पेश गरिने छ ।

प्रतिक्रिया दिनुहोस्