२३ मंसिर,धादिङ। पृथ्वी राजमार्गस्थित कृष्णभीरबाट ग्यास बोकेको बुलेट त्रिशूली नदीमा खसेको छ।
एनएल ०२ एल ३९०७ नम्बरको ग्याँस बोकेको भारतीय गाडीको पछाडिको भाग त्रिशूली नदीमा खसेको हो । घटनाबारे थप विवरण आइसकेको छैन । घटनास्थलमा प्रहरी पुगिसकेको धादिङका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले बताएका छन् ।