समाचार

९ किलो गहनासहित एक जना पक्राउ

२७ पुष २०७८, मंगलवार १४:२६
९ किलो गहनासहित एक जना पक्राउ

२७ पुस, जनकपुरधाम । धनुषामा प्रहरीले चाँदीका गरगहनासहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुनसरीको ईटहरी उपमहानगरपालिका ५ शिवालय टोलका ३० वर्षीय कुमार खाती छन् । प्रदेश नं. १–०२–०४५ प. ८२७ नम्वरमा चढेका उनीमाथि शंका लागेर प्रहरीले चेकजाँच गर्दा ९ किलो ७६७ ग्राम अवैध चाँदी भेटेपछि उनलार्य पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

सवार खातीको साथबाट ९ किलो ७ सय ६७ ग्राम चाँदीको गहना र नगद १ लाख १२ हजार ६ सय रुपैयाँ बरामद भएको जिल्ला प्रहरीले जनाएको छ । उनका अनुसार  बरामद भएको चाँदीको गहनाको बजार मूल्य ७ लाख ८३ हजार २ सय ९८ रुपैयाँ छ ।

प्रतिक्रिया दिनुहोस्