२२ मंसिर, भैरहवा। भैरहवा तौलिहवा सडक खण्डको लवनी नजिक बस, कार र मोटरसाइकल एक आपसमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
उक्त दुर्घटनामा १३ जना घाइते भएका छन् । भैरहवाबाट तौलिहवा जाँदै गरेको लु २ ख २३१ नम्बरको बस, बा १४ च ७४४८ नम्बरको कार र लु ३८ प ९१९९ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएका हुन् ।
कार चालकको घटना स्थलमा मृत्यु भएको छ । मृतक कार चालकको सनाखत भएको छैन । कारमा सवार बाँकी २ जना गम्भीर घाइते भएका छन् । बसमा सवार ४ जनाको स्थानीय अलशेख हस्पिटलमा उपचार भइरहेको छ । ६ जना घाइतेको भैरहवामा उपचार भइरहेको छ ।