समाचार

एमाले निर्वाचनबाट नयाँ नेतृत्व चयन हुने, मतदान सुरु

२७ पुष २०७८, मंगलवार १४:१५
एमाले निर्वाचनबाट नयाँ नेतृत्व चयन हुने, मतदान सुरु

२७ पुस, महेन्द्रनगर। नेकपा एमाले कञ्चनपुरको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ।

साँझ ६ बजेदेखि सुरु भएको मतदान अबेर रातीसम्म सम्पन्न हुने जनाइएको छ। मतगणना भने भोलि (बुधबार) मात्रै हुने निर्वाचन समितिले जनाएको छ।

शुक्रबार उद्घाटन भएको अधिवेशनमा सर्वसम्मतिबाट नेतृत्व चयनका लागि प्रयास भए पनि सहमति हुन नसकेपछि अन्ततः निर्वाचनबाट चयन गर्न लागिएको हो।  एमाले कञ्चनपुरको अध्यक्षका लागि २ नेता प्यानल नै बनाएर चुनावमा होमिएका छन् ।

निवर्तमान अध्यक्ष वीर बहादुर थापा र निवर्तमान सचिब सुरेन्द्र विष्ट नेतृत्वमा प्यानल नै बनाएर प्रतिस्पर्धा भइ रहेको छ।

प्रतिक्रिया दिनुहोस्