समाचार

ह्वातै बढ्यो नेपालमा कोरोना संक्रमितको सङख्या

२७ पुष २०७८, मंगलवार १०:४९
ह्वातै बढ्यो नेपालमा कोरोना संक्रमितको सङख्या

२७ पुस, काठमाडौं। पछिल्लो २४ घण्टामा दुई हजार ४ सय ४४ जनामा कोरोना स‌ंक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन गरी १० हजार ६४८ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ९ ८१ जना र ४ हजार ३८५ जनाको पीसीआर गर्दा ४६३ जना गरी २,४४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

२४ घण्टामा कोरोना संक्रमण मुक्त हुनेको संख्या ३१३ जना रहेको छ । यस्तै सोही अवधिमा १ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार संक्रिय संक्रमितको संख्या ९ हजार ५२२ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्