समाचार

माधवकुमार नेपाललाई कोरोना संक्रमण

२७ पुष २०७८, मंगलवार ०९:२५
माधवकुमार नेपाललाई कोरोना संक्रमण

काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई कोरोना संक्रमण पुष्टि भएको छ ।

सोमबार गरिएको स्वाब परीक्षणको रिपोर्टमा कोरोना पोजेटिभ देखिएको अध्यक्ष नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए ।

उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ। उनी यसअघि कोरोना संक्रमण पुष्टि भएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को कन्ट्याकट्रेसिङमा परेका थिए।

प्रतिक्रिया दिनुहोस्