मुख्य समाचार

आज सकिएन रविको बयान, भोलि फेरि लिइने

१८ मंसिर २०८१, मंगलवार २०:०८
आज सकिएन रविको बयान, भोलि फेरि लिइने

१८ मंसिर,काठमाडौं। सहकारी ठगी प्रकरणमा रास्वपा सभापति रवि लामिछानेको बयान सुरु भएको छ । आजबाट सुरु भएको बयान भोलि पनि जारी रहने बताइएको छ।

सरकारी वकिलको कार्यालयमा जिल्ला न्यायाधीवक्ता शान्ति प्रसाद लुइँटेलको रोहबरमा लामिछानेको बयान भएको हो। चितवनमा पनि सहकारी ठगीको उजुरी परेपछि लामिछानेलाई मंगलबार बिहान चितवन लगिएको थियो । चितवनमा सहारा चितवन सहकारी लिमिटेडको रकम हिनामिना गरेको आरोपमा लामिछानेविरुद्ध गत मंसिर ५ गते पूरक जाहेरी दर्ता भएको थियो ।

गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई सोही दिन कास्की लगिएको थियो । त्यसपछि रुपन्देही र काठमाडौंमा बयान सकेर उनलाई मंगलबार चितवन लगिएको हो । यसअघि पूर्वडीआईजी छविलाल जोशी र रामबहादुर खनाललाई पनि चितवन लगेर बयान गराइएको थियो ।

प्रतिक्रिया दिनुहोस्