१७ मंसिर,बर्दिया। बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नं ४ को अध्यक्षमा नेपाली कांग्रेसका अमिन थारु निर्वाचित भएको छ ।
आइतबार सम्पन्न उपनिर्वाचनमा उनले एक हजार ४३ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ । थारुका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सेरबहादुर थारुले छ सय ७८ मत प्राप्त गरे। साथै नेपाल कम्युनिष्ट पार्टी (एमाले) का विष्णुप्रसाद देवकोटाले तीन सय ३७, नागरिक उन्मुक्ति पार्टीका प्रितीलाल थारुले ७०, राष्ट्रिय प्रजातन्त्र पार्टीका रत्नले ५२ र राष्ट्रिय स्वतन्त्र पार्टीका बासुदेव शर्माले १७ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।
यसअघिको स्थानीय तहको निर्वाचनमा पनि नेपाली काँग्रेसका सूर्य बहादुर विष्ट विजयी भएका थिए । उनी जिल्ला समन्वय समितिको प्रमुख भएपछि वडा सदस्य अमिन थारुले कार्यवाहक वडाध्यक्ष जिम्मेवारी सम्हालेका थिए । कार्यवाहक वडाध्यक्ष अमिन थारुले राजीनामा दिएर चुनाव लडेका थिए ।