समाचार

मंगलबार बढ्यो सुनको मूल्य

२७ पुष २०७८, मंगलवार ०७:४१
मंगलबार बढ्यो सुनको मूल्य

कठमाडौं । मंगलबार सुन र चाँदीको मूल्य बढेको छ ।

सोमबार सुनको मूल्य ९१ हजार ३ सय रुपैयाँ कारोबार भइरहेको सुनको मुल्य तिन सयले बढेको छ । मंगलबार छापावाल सुन प्रतितोला ९१ हजार ६ सय रुपैयाँ कारोबार भइरहेको  नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुनको मूल्य तोलाको ९१ हजार एक १ सय रुपैयाँ निर्धारण भएको छ ।

यस्तै चाँदीको भाउ प्रतितोला १२ सय ३० रुपैयाँ कायम भएको छ । सोमबार चाँदीको भाउ प्रतितोला १२ सय २० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्