२६ पुस, काठमाडौं । काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाललाई कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रजिअ रिजाललाई आज लक्षणसहितको कोरोना संक्रमण पुष्टि भएको पारिवारिक स्रोतले जनायो । ‘सन्चो छैन भन्दै थिए, तर आज पनि अफिस आएका थिए। आजै उनको रिपोर्ट पोजेटिभ आएको छ ।
रिजाललाई संक्रमण पुष्टि भएसँगै उनीसँग केही दिनअघि सम्पर्कमा रहेका ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरु र कार्यालयका कर्मचारीहरु पनि कन्ट्याक्ट ट्रेसिङमा परेका छन् ।