७ मंसिर,काठमाडौँ। कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कफी खेतीमा युवा वर्गलाई आकर्षण गर्ने गरी नयाँ योजना, अनुदान र प्रोत्साहनका कार्यक्रम ल्याउन तथा नीतिगत सुधारका लागि गृहकार्य गर्न राष्ट्रिय चिया तथा कफी विकास बोर्डलाई निर्देशन दिएका छन् ।
शुक्रबार कीर्तिपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले कफी खेतीमा युवा वर्गलाई आकर्षित गर्न जोड दिएका हुन् ।मन्त्री अधिकारीले कफी खेतीमा युवा वर्गलाई आकर्षण गर्नेगरी नयाँ योजना, अनुदान र प्रोत्साहनका कार्यक्रम ल्याउन तथा नीतिगत सुधारका लागि गृहकार्य गर्न राष्ट्रिय चिया तथा कफी विकास बोर्डलाई निर्देशन दिए ।
नेपालको भौगोलिक अवस्था, माटो र जलवायु अर्ग्यानिक कफीको उत्पादनका लागि अत्यन्तै उपयुक्त रहेको भन्दै उत्पादन र उत्पादकत्वमा अझै पनि व्यापक सुधार गर्ने आवश्यक रहेको उनले बताए । ‘कफी खेतीका लागि सार्वजनिक निजी साझेदारी, साथै कफीको मूल्य श्रृङ्खलाका सबै चरणहरूमा संलग्न व्यक्तिहरू, कृषक, प्रशोधनकर्ता, व्यवसायी र उपभोक्ताहरूबिच समन्वय र सहकार्य आवश्यक छ’ उनले भने ।
उनले कफी ३० हजार भन्दा बढी नेपाली किसानहरूको आय आर्जनको स्रोत बनेको र हजारौँले कफी उद्योग तथा क्याफे हाउसहरूमा रोजगारी समेत पाइरहनु नेपाली कफी क्षेत्रको लागि गौरवको विषय बनेको उल्लेख गरे।