समाचार

प्रदेश १ मा तीन दिनकै तुलनामा दोब्बर संख्याले बढ्यो कोरोना

२६ पुष २०७८, सोमबार १४:४७
प्रदेश १ मा तीन दिनकै तुलनामा दोब्बर संख्याले बढ्यो कोरोना

२६ पुस, विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ११३ जनामा कोरोना संक्रमण भएको छ । यो संख्या पछिल्ला तीन दिनको दैनिक संख्याको तुलनामा दोब्बर बढेको हो ।

प्रदेश १ का विभिन्न प्रयोगशालामा ३ सय ३४ जनाको पीसीआर परीक्षणमा ८५ र २ सय ५४ जनाको एन्टिजेन परीक्षणमा २८ जनामा संक्रमण देखिएको हाे।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका मोरङमा ५४, झापामा २६, सुनसरी र धनकुटामा १–१ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको हो । मोरङको विराटनगरमा ५१, कानेपोखरी, कटहरी र उर्लाबारीमा १–१, झापाको विर्तामोडमा ९, भद्रपुर र कमल गाउँपालिकामा ४–४, अर्जुनधारा र मेचीनगरमा ३–३, दमक, कनकाई र बुद्धशान्तिमा १–१, सुनसरीको इटहरी र धनकुटाको महालक्ष्मीमा १–१ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको हो ।

प्रतिक्रिया दिनुहोस्