काठमाडौँ। फ्राइडे रिलिज अन्तर्गत एकसाथ दुइटा नेपाली फिल्म प्रदर्शनमा आएका छन्।
शंकर घिमिरे निर्देशित ‘तेल भिसा’ र घनश्याम लामिछाने निर्देशित ‘अग्निदहन’ आआजबाट भएका हुन्। विपिन कार्की र वर्षा राउत अभिनीत फिल्म ‘तेल भिसा’ नेपालमा रहेका बाबुआमा र अमेरिकामा रहेका सन्तानबीचको कथा हो। अभिनेत्री ऋचा घिमिरेको प्रस्तुतिमा बनेको यो फिल्मलाई मल्टिप्लेक्स हलहरूले उत्साहजनक शो दिएका छन्।
त्यस्तै, ‘अग्निदहन’ सामाजिक कथा हो। साहित्यकार तथा पत्रकार लोकमणि पौडेलको उपन्यास ‘अग्निदहन’ मा आधारित रहेर फिल्म तयार पारिएको हो। यसमा प्रकाश घिमिरे, माओत्से गुरूङ, कोविदशरण उपाध्याय, अनुपमा भण्डारी, प्रमिला तुलाचन, तुलसी क्षेत्री लगायत छन्। यसका प्रस्तुतकर्ता कोविदशरण उपाध्याय हुन्। समाजमा बोक्सी हुँदैन भन्ने सन्देश यो फिल्मले दिन्छ।
हलले भने यो फिल्मलाई सीमित शो दिएका छन्।