समाचार

एमाले पर्वतमा सर्वसम्मत नेतृत्व चयन, अध्यक्षमा पौडेल

२६ पुष २०७८, सोमबार १४:३८
एमाले पर्वतमा सर्वसम्मत नेतृत्व चयन, अध्यक्षमा पौडेल

२६ पुस, पर्वत । नेकपा (एमाले) पर्वतको अध्यक्षमा राजु पौडेल सर्वसम्मत रूपमा निर्वाचितभएको छन् ।

शुक्रबारदेखि सुरु भएको नवौँ पर्वत जिल्ला अधिवेशनबाट सर्वसम्मतरुपमा पौडेलको नेतृत्वमा जिल्ला कार्यसमिति चयन गरेको हो । पर्वतको महाशिला गाउँपालिका—५ निवासी पौडेल यस अघि आठौं जिल्ला अधिवेशनमा अहिलेका केन्द्रीय सदस्य पदम गिरीसँग झिनो मतले पराजित भएका थिए । त्यस अघि उनी नेकपा एमाले पर्वतको उपाध्यक्ष भएर काम गरिसकेका छन् ।

त्यसैगरी उपाध्यक्षमा फलेवास नगरपालिकाका नगरप्रमुख पदमपाणी शर्मा, सचिवमा गोविन्द पहाडी, सहसचिवमा शिव पौडेल र विमल लामिछाने निर्विरोध निर्वाचित हुनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्