समाचार

लागूऔषधसहित ६ जना पक्राउ

२६ पुष २०७८, सोमबार १४:२५
लागूऔषधसहित ६ जना पक्राउ

२६ पुस, हेटौंडा । लागु औषधसहित हेटौंडा उपमहानगरपालिका– ९ बाट ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा हेटौंडा–९ मास्टरचोकस्थित शंकर केसीको घरमा डेरा गरी बस्ने २५ बर्षीय विशाल विकको कोठाबाट सीमावर्ती भारतीय नाकाबाट ल्याइएको लागुऔषध फेला परेको हो ।

सहि हेटौंडा ९ का २० बर्षीय राज खत्री, २३ बर्षिय रोमन थापा मगर, २१ बर्षीय निरन राई, २२ बर्षीय प्रजेन महर्जन र हेटौंडा १० का १८ बर्षीय सुमितकुमार बानियाँ रहेको छन् ।

प्रहरीका अनुसार बिकको कोठाबाट नाइट्रोजेपाम ९७ ट्याब्लेट, निमडोर क्याप्सुल १४८, स्टगन १६ ट्याब्लेट, कोना १२ ट्याब्लेट सहित १६ ग्राम लागुऔषध गाजासहित ६ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्