समाचार

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

४ मंसिर २०८१, मंगलवार ०९:१३
माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

४ मंसिर, काठमाडौँ। नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दैछ ।

बैठक आज अपरान्ह ४ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ । बैठकमा स्थानीय तहको उपचुनाव, केन्द्रीय समिति बैठकको तयारी तथा विधान संशोधनको विषयमा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्