मन्त्री पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको र सेल्फ आइशोलेसनमा बसिरहेको उनका प्रेस संयोजक बिमल खड्काले बताए । यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेताहरू नारायणकाजी श्रेष्ठ, मात्रिका यादव, शक्ति बस्नेत, सत्य पहाडी, रामप्रसाद सापकोटा, रमेश मल्ल लगायतलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ। उनीहरू सबै होमआइसोलेसनमा छन्।
 
                        						
                         
                 
                 
                                                         
                                                         
                                                         
                                                         
                                                         
                                                        



