समाचार

एमाले इलाम अध्यक्षको जिम्मेवारी महेश बस्नेत

२६ पुष २०७८, सोमबार ०३:१४
एमाले इलाम अध्यक्षको जिम्मेवारी महेश बस्नेत

२६ पुस, इलाम । नेकपा एमाले इलामको अध्यक्षमा महेश बस्नेत निर्वाचित भएका छन् । मतगणना नसकिदैं अत्याधिक बहुमतका साथ अध्यक्षमा बस्नेत निर्वचित भएका हुन् । भर्खरै सार्वजनिक भएको पछिल्लो मतपरिणाम अनुसार बस्नेतले ५ सय ८ मतका साथ अध्यक्षमा निर्वाचित भएका हुन् ।

 आइतबार राती सम्पन्न मतगणनाअनुसार अध्यक्षका प्रत्यासी डा. देवी क्षेत्री दुलालाई फराकिलो मतान्तरले हराउँदै बस्नेत अध्यक्षमा निर्वाचित भएका हुन्। इलाम नगरपालिकाका प्रमुखसमेत रहेका बस्नेत डेढ महिना यता एमाले इलामको अध्यक्षको जिम्मेवारीमा थिए । तत्कालीन अध्यक्ष राम राना एमाले केन्द्रीय सदस्यमा निर्वाचित भएपछि बस्नेतले अध्यक्षको जिम्मेवारी पाएका थिए ।

एमालेले संगठन विभागको जिम्मेवारी उपसचिव उमेश गुरुङ्गलाई तोकेको छ । त्यस्तै, प्रचार विभाग प्रमुखको जिम्मेवारी प्रकाश अधिकारीलाई दिएको छ । बुद्धिजिवी विभागको प्रमुखमा नरेन्द्रनाथ भट्टराईलाई तोकेको छ भने अर्थ विभाग प्रमुखको जिम्मेवारी डा. देवी क्षेत्री दुलाललाई सुम्पेको छ । यी विभागको प्रमुखमा रहेकाहरू माथिल्लो कमिटीमा निर्वाचित भएपछि विभागीय जिम्मेवारी हेरफेर भएको नेकपा एमाले इलामका उपसचिव उमेश गुरुङ्गले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्