समाचार

मास्क नलगाई हिँडे सय रुपैयाँ जरिवाना

२६ पुष २०७८, सोमबार ०२:५०
मास्क नलगाई हिँडे सय रुपैयाँ जरिवाना

२६ पुस, विराटनगर । प्रदेश नम्बर १ को राजधानी विराटनगरमा मास्क नलगाईं हिंडे अब एक सय रुपैयाँ जरिवाना तिनुपर्ने भएको छ ।

जिल्ला प्रशासन कार्यालय मोरङले सार्वजनिक स्थल र बजारमा हिँड्ने मानिसलाई मास्क अनिवार्य गरेको हो ।जिल्लास्थित कोभिड नियन्त्रण तथा रोकथाम व्यवस्थापन गर्न गठित समितिको निर्णयबाट अनिवार्य मास्क लगाउन पर्ने नियम लगाएको हो ।

अहिले कोरोनाको उच्च गतिमा फैलन ओमिक्रोनको जोखिम बढेपनि बजार तथा भिडभाड हुने क्षेत्रमा मास्कबिना हिँडडुल गर्ने मानिसको संख्या अधिक देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्