समाचार

छोरोलाई बाकसमा थुन्ने बुवा पक्राउ

२५ पुष २०७८, आईतवार १७:१२
छोरोलाई बाकसमा थुन्ने बुवा पक्राउ

ह्युस्टन। आफ्नो कोभिड–१९ संक्रमित छोरोलाई कारभित्र एउटा बाकसमा थुनेर राखेको आरोपमा अमेरिकाको टेक्सास राज्यका एक शिक्षिकालाई प्रहरीले गिरफ्तार गरेको छ ।

स्वास्थ्य परीक्षणस्थलतर्फ लैजाने क्रममा आफूलाई भाइरस नसरोस् भन्ने हेतुले ४१ वर्षीया साराह बिमले छोरोलाई त्यसरी बाकसमा राखेकी थिइन् । उनीमाथि बालकको जीवन खतरामा राखेको आरोप लगाइएको छ । यही जनवरी ३ मा ह्यारिस काउन्टिमा कारको ट्रंकबाट कोही कराएको सुनेपछि एकजना प्रत्यक्षदर्शीले प्रहरीलाई खबर गरेका थिए ।

टेक्सासको क्लिक२ह्युस्टनडटकमका अनुसार उनले प्रहरीसमक्ष बाकस खोलेर १३ वर्षी छोरो देखएकी थिइन् । कोभिड पोजिटिभ देखिएका छोरोलाई पुनः परीक्षण गराउन उनी प्राइजन स्टेडियमतर्फ जाँदै थिइन् ।

एबीसीसँग आबद्ध केटीआरके टेलिभिजनका अनुसार एकजना स्वास्थ्य कार्यकर्ताले ती किशोरलाई कारको पछिल्लो सिटमा बस्ने अनुमति नदिउन्जेल उनको स्वास्थ परीक्षण नगर्ने बताएका थिए । बिमले सन् २०११ देखि साइप्रेस फल्स हाइस्कुलमा अध्यापन गराउँदै आएकी छन् ।

टेक्सास जनसुरक्षा विभागका सार्जेन्ट रिचर्ड स्टान्डिफरले यदि त्यो कार कतै ठोक्किएको भए बालक गम्भीर घाइते हुन सक्ने स्थानीय टेलिभिजन केएचओयू ११ लाई बताएका छन् । बिबिसीको सहयोगबाट 

प्रतिक्रिया दिनुहोस्