समाचार

र्‍यापर लाउरे थप दुई साता हिरासतमा राख्न अनुमति

२५ पुष २०७८, आईतवार १६:४५
र्‍यापर लाउरे थप दुई साता हिरासतमा राख्न अनुमति

२५ पुस, काठमाडौं। लागुऔषध कारोबारमा संलग्न भएको आरोपमा पोखराबाट पक्राउ परेका र्यापर लाउरेसहित चारजनालाई थप १७ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।

जिल्ला अदालत कास्कीले लाउरे नामले परिचित आशिष रानासहित चार जनालाई थप १७ दिन हिरासतमा राख्न अनुमति दिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक रमेश थापाले जानकारी दिए।

उनी लागुऔषध मुद्धामा पुस १४ गते राति पक्राउ परेका थिए । लाउरेसंगै पक्राउ परेका अन्य तीन जनाको पनि हिरासत बसाइ लम्विएको छ ।

प्रतिक्रिया दिनुहोस्