१४ कार्तिक, झापा। इलाका प्रहरी कार्यालय काँकडभिट्टाले भन्सार छलेको मदिराको ठूलो मात्रासहित एक भारतीय नागरिकलाई कारसहित मङ्लबार पक्राउ गरिएको जनाएको छ ।
पूर्वीनाकाबाट प्रवेश गरेको बिआर २२ एफ ५०५१ नम्बरको भारतीय कारलाई रोकेर नेपाली सुरक्षाकर्मीले जाँच गर्दा कारमा फल्स बटम बनाइ डिकी लगायतका भागमा भारतीय महँगो मदिरा भन्सार छल्नका लागि लुकाइएको फेला पारेका थिए ।
जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी चन्दका अनुसार उक्त कारभित्र रु नौ लाख ९८ हजार नौ सय मूल्य बराबरको ब्ल्याक माउन्टेन ह्वीस्कीलगायतका भन्सार छलिएको मदिरा बरामद गरिएको थियो ।
कार चालक भारतीय नागरिक जीतेन्द्रकुमार पासवानलाई पक्राउ गरी इप्रका काँकडभिट्टामा राखेर कानुनी कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ ।