समाचार

यस्ता छन् सीसीएमसीसीका १३ निर्णय (सूचीसहित)

२५ पुष २०७८, आईतवार १५:४३
यस्ता छन्  सीसीएमसीसीका १३ निर्णय (सूचीसहित)

२५ पुस, काठमाडौं। कोरोना भाइरसको संक्रमण बढेसँगै सरकारले प्रतिबन्धात्मक व्यवस्था लागू गरेको छ । कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) ले माघ १५ गतेसम्म विद्यालय बन्द गर्नेदेखि सार्वजनिक स्थानमा खोप कार्ड अनिवार्य गर्ने निर्णय गरेको हो ।

आइतबार बसेको कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)को बैठकले कोरोना खोप कार्ड नहुनेलाई माघ ३ देखि सार्वजनिक सेवा प्रदान नगर्न सिफारिस गर्ने निर्णय गरेको हो।

त्यसैगरी, आगामी माघ ३ गतेदेखि सार्वजनिक स्थलमा प्रवेश गर्दा कोरोना भ्याक्सिन लगाएको कार्ड देखाउनु पर्ने भएको छ। सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुन रोक लगाउने निर्णय गरेको छ। आइतबार बसेको कोभिड १९ व्यवस्थापन समितिको बैठकले सो निर्णय गरेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रकी प्रवक्ता सहसचिव सुनिता नेपालले जानकारी दिइन् ।

बैठकले खोप कार्ड अनिवार्यदेखि २५ जनाभन्दा बढी भेला हुन् नपाइनेसम्मका १३ बुँदे निर्णय गरेको छ। उक्त निर्णय मन्त्रिपरिषद्मा पेश हुनेछ। मन्त्रिपरिषद्ले निर्णय गरेपछि उक्त निर्णय कार्यान्वयनमा आउने छन्।

प्रतिक्रिया दिनुहोस्