समाचार

माधव नेपाल पनि आइसोलेसनमा

२५ पुष २०७८, आईतवार १५:२५
माधव नेपाल पनि आइसोलेसनमा

२५ पुस, काठमाडौं। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल आइसोलेसनमा बसेका छन् ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कोरोना संक्रमण भएपछि उनीसँग भेटघाट गरेका थिए । नेपाल र दाहालबीच दाहाललाई कोरोना देखिनुभन्दा अघिल्लो दिन गठबन्धन बैठकका क्रममा भेट भएको थियो ।

कन्ट्र्याक ट्रेसिङका कारण नेपाल आइसोलेसनमा रहेको र पिसिआर रिपोर्ट नआएसम्म भेटघाट तथा सार्वजनिक सम्पर्क बन्द रहेको उनको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री देउवाको कन्ट्याक्ट ट्रेसिङ अन्तर्गत आइतबार पिसीआर परीक्षण नहुने भनिए आज नहुने भएको छ । त्यसपछि देउवा शनिवारबाट आइसोलेनमा बसेका हुन्।

प्रतिक्रिया दिनुहोस्