मुख्य समाचार

गगनले भने–धनराज गुरूङ र ऋषिकेश पोखरेल दोषी देखिए सरकारले कार्वाही गर्नुपर्छ

१२ कार्तिक २०८१, सोमबार १६:४६
गगनले भने–धनराज गुरूङ र ऋषिकेश पोखरेल दोषी देखिए सरकारले कार्वाही गर्नुपर्छ

१२ कार्तिक,काठमाडौँ। सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी ठगीमा नाम जोडिएका कांग्रेस उपसभापति धनराज गुरुङ र एमालेका ऋषिकेश पोखरेलमाथि पनि अनुसन्धान गर्न सरकारलाई आग्रह गरेका छन् ।

गुरूङ ललितपुरको मितेरी सहकारी प्रकरणमा जोडिएका छन् । काठमाडौंमा सोमबार राष्ट्र बैंकका कर्मचारीहरूले आयोजना गरेको कार्यक्रममा बोल्दै महामन्त्री थापाले उपसभापति गुरूङको संलग्नताको चर्चा भएकोले अनुसन्धान गर्न सरकारसँग माग गरेका हुन् ।

उनले सरकारले आम नागरिकको विश्वसनीयता जगाउन पनि ठगीमा संलग्न जो कोहीलाई पनि अनुसन्धान गरी कारबाहीको दायरामा ल्याउने काममा ढिलाइ गर्न नहुने बताए।

सहकारी ठगीमा नाम जोडिएका कांग्रेस उपसभापति धनराज गुरुङ र नेकपा (एमाले)का सांसद ऋषिकेश पोखरेलमाथि पनि अनुसन्धान गर्न उनले सरकारलाई सुझाव दिए ।

“…नेपाली कांग्रेसको एकजना नेता, पार्टीको उपसभापति माननीय धनराज गुरुङको संलग्नता सन्दर्भमा समितिमा छलफल भयो, बहस भयो,” उनले भने, “थप अनुसन्धान गर्नुपर्छ । म त सरकारलाई यहीँबाट अनुरोध गर्न चाहन्छु– बकैदा अनुसन्धान गर्नुस् । अनुसन्धान गर्नु पनि पर्छ ।”

उनले अगाडि थपे, “नेकपा (एमाले)को ऋषिकेश पोखरेलजीको नाम आयो, गर्नुस् अनुसन्धान । अनुसन्धान गर्नुस् मात्र होइन, यदि गल्ती गर्नुभएको छ भने अभियोजन पनि गर्नुस् । दण्ड पनि दिनुस् ।”

प्रतिक्रिया दिनुहोस्