समाचार

एमाले महाधिवेशनमा हात हालाहाल

२५ पुष २०७८, आईतवार १५:१५
एमाले महाधिवेशनमा हात हालाहाल

२५ पुस, धनगढी । नेकपा एमाले कैलालीको नेतृत्व चयनका लागि तोकिएको समयमा मतदान नभएपछि नाराबाजीसहित प्रदर्शन हुनुका साथै दुई पक्षबीच झडप भएको छ ।

आक्रोशित प्रतिनिधिले मतदानमा ढिलाइ गरेको भन्दै धनगढीस्थित एक प्यालेसमा चलिरहेको अधिवेशनमा कुर्सी–टेबल तोडफोड गरेका छन्। तोडफोड र नाराबाजीपछि निर्वाचन समितिले सोमबार बिहान ८ बजेबाट मतदान गर्ने भन्दै आइतबारको कार्यक्रम स्थगन गरेको छ।

समयमै मतदान सुरु नभएपछि अध्यक्षका उम्मेदवार रतन थापा पक्षधरहरुले निर्वाचन समितिविरुद्ध नाराबाजीसहित प्रदर्शन गरेपछि अर्का उम्मेदवार रणबहादुर चन्द पक्षधरले प्रतिनिधिहरुलाई भड्काउन खोजेको भन्दै प्रतिकार गर्दा दुई पक्षबीच झडप भएको हो ।

एमाले कैलालीको अध्यक्षमा रणबहादुर चन्द र रतन थापाले उम्मेदवारी दिएका छन्। उनीहरूको प्यानल नै चुनावी मैदानमा उत्रिएको छ।

प्रतिक्रिया दिनुहोस्