राजनीति

रवि पक्राउपछि पहिलोपटक रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

१० कार्तिक २०८१, शनिबार १०:४८
रवि पक्राउपछि पहिलोपटक रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

१० कार्तिक,काठमाडौं। सहकारी ठगी प्रकरणमा सभापति रवि लामिछाने पक्राउ परेपछि रास्वपाले पहिलोपटक केन्द्रीय समितिको बैठक बोलाएको छ ।

बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रिय कार्यालय वनस्थलीमा बस्नेछ। बैठकमा समसामयिक राजनीतिक गतिविधि, पार्टीको कार्यदिशा र आन्दोलनको स्वरूप छलफल हुने पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए।

बैठकमा छलफलका लागि रास्वपाले तीनवटा एजेन्डा तय गरेको छ । बैठकमा समसामयिक राजनीतिक गतिविधि, आगामी कार्यदिशा र विविध विषयमा छलफल हुनेछ ।

पार्टी सभापति रवि लामिछाने पक्राउ परेपछि पोखरामा आन्दोलन गरेको रास्वापाले शुक्रबारदेखि काठमाडौंमा आन्दोलन सुरु गरेको छ । सहकारीको रकम अपचलन गरेको आरोपमा गत शुक्रबार पक्राउ परेका रवि प्रहरी अनुसन्धानका लागि कास्की प्रहरीको हिरासतमा छन् ।

प्रतिक्रिया दिनुहोस्