राजनीति

गगन थापा र चौथाइवालेबिच भेटवार्ता

८ कार्तिक २०८१, बिहीबार २१:०१
गगन थापा र चौथाइवालेबिच भेटवार्ता

८ कात्तिक,काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले भारतीय जनता पार्टी भाजपाका विदेश विभाग प्रमुख डा विजय चौथाइवालेसँग भेटवार्ता गरेका छन् ।

भारतको नयाँ  दिल्लीमा आयोजित एसिया जलवायु सम्मेलनमा भाग लिन त्यहाँ पुगेका महामन्त्री थापा र विदेश विभाग प्रमुख चौथाइवालेबिच बिहीबार भेटवार्ता भएको हो ।

पार्टी–पार्टीबिचको सम्बन्धको विषयमा कुराकानी हुनुको साथै दुवै देशको कूटनीतिक सम्बन्धलाई अझै कसरी बलियो बनाउने विषयमा कुराकानी भएको बताइएका छ । महामन्त्री थापा नयाँदिल्लीमा भएको एसियाली जलवायु परिवर्तनको शिखर सम्मेलनमा सहभागी हुन दिल्ली गएका हुन् । उनले बुधबार नै शिखर सम्मेलनमा सम्बोधन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्