समाचार

जनप्रतिनिधि र शिक्षकले तीन लाखमा मिलाए बलात्कार घटना, रुपैयाँ नदिएपछि घटना बाहिर

२५ पुष २०७८, आईतवार ०८:१२
जनप्रतिनिधि र शिक्षकले तीन लाखमा मिलाए बलात्कार घटना, रुपैयाँ नदिएपछि घटना बाहिर

२५ पुस, धनगढी । बलात्कार जस्तो जघन्य अपराध ढाकछोप गर्न खोजेको आरोपमा कैलालीमा जनप्रतिनिधि, शिक्षकसहित पाँच जना पक्राउ परेका छन् ।

१५ मंसिरमा स्थानीय ७७ बर्षीया महिलामाथि भएको बलात्कारको घटना ढाकछोप गर्न भूमिका खेलेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए ।

पक्राउ पर्नेमा कैलाली घोडाघोडी नगरपालिका–४ का वडा सदस्य लक्ष्मीरुद्र न्यौपाने, सोही वडाका शिक्षक प्रकाश सुवेदी, शिक्षक होमप्रसाद सुवेदी, पूर्व वडा सचिव यज्ञराज आचार्य र राजु भट्टराई छन् ।

पीडितलाई तीन लाख रुपैयाँ दिने सहमतिमा घटना गाउँमै मिलापत्र गरिएको बुझिएको प्रहरीले जनाएको छ। पीडितले दुई लाख रुपैयाँ मात्र दिएको र एक लाख रुपैयाँ नदिएपछि घटना बाहिर आएको बुझिएको छ।

पीडितका छोराले आरोपीबाट नगद दुई लाख रुपैयाँमात्र बुझेको बताएका छन् । ‘उनका छोराले आमामाथि बलात्कार भएको थाहा पाएकै दिन प्रहरीमा मुद्दा दर्ता गर्न खोजे पनि जनप्रतिनिधिलगायतका स्थानीयले झुुक्काएर मिलापत्र गरिदिएको बयान प्रहरीलाई दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्