खेलकुद

नेयमारले कमब्याक गरेको खेलमा अल हिलाल विजयी

६ कार्तिक २०८१, मंगलवार ०९:४०
नेयमारले कमब्याक गरेको खेलमा अल हिलाल विजयी

६ कार्तिक,काठमाडौं । साउदी क्लब अल हिलालले एएफसी च्याम्पियन्स लिगमा लगातार तेस्रो जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा अल हिलालले युएईको क्लब अल  ऐनलाई ५-४ गोल अन्तरले पराजित गरेको हो ।

नेयमारले एएफसी च्याम्पियन्स लिग इलिटमा अल ऐन एफसीविरुद्ध खेल्दै पुनरागमन गरे । उनी ७७औँ मिनेटमा दवासरीको स्थानमा मैदान छिरेका थिए । उनी फर्किएको खेलमा अल हिलालले ५(४ को रोमाञ्चक जित निकालेको छ ।यस खेलमा खेलको ८२औ मिनेटमा अलि अल्बूलायहिले रातो कार्ड पाएपछि अल हिलाल १० खेलाडीमा सिमित भएको थियो ।

यो जितपछि अल हिलालको ३ खेलमा ९ अंक भएको छ र अंक तालिकामा शिर्ष स्थानमा रहेको छ । त्यस्तै अल ऐनको भने ३ खेलमा एक अंक रहेको छ ।

प्रतिक्रिया दिनुहोस्