समाचार

नेपाली बजारमा सुन र चाँदीको मूल्यमा नयाँ रेकर्ड

५ कार्तिक २०८१, सोमबार १२:१२
नेपाली बजारमा सुन र चाँदीको मूल्यमा नयाँ रेकर्ड

५ कार्तिक,काठमाडौं। नेपाली बजारमा सुनको मूल्यले लगातार नयाँ-नयाँ रेकर्ड कायम गरिरहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमवार सुन तोलामा ६ सय रुपैयाँले वृद्धि भएको छ। योसँगै सोमवार नेपाली बजारमा सुन प्रतितोला १ लाख ६५ हजार ६ रुपैयाँ कायम भएका महासङ्घले जनाएको छ। यसअघि आइतवार सुन प्रतितोला १ लाख ६५ हजारमा कारोबार भएको थियो।

यस्तै चाँदीको मूल्यले पनि सोमवार नयाँ रेकर्ड कायम गरेको छ। सोमवार चाँदी प्रतितोला २ हजार ९५ रुपैयाँ पुगेको छ। चाँदीको यो मूल्य अहिलेसम्मकै उच्च भएको महासङ्घले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्