मुख्य समाचार

प्रधानमन्त्री ओली र देउवाबीच भेटवार्ता

४ कार्तिक २०८१, आईतवार २१:२७
प्रधानमन्त्री ओली र देउवाबीच भेटवार्ता

४ कार्तिक,काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।

आइतबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री ओली र सभापति देउवाबीच भेटवार्ता भएको हो ।भेटवार्तामा पछिल्लो राजनीतिक घटनाक्रम, सरकारका काम बारे छलफल भएको बताइएको छ । देउवा बालुवाटार आउने भएपछि ओली पार्टीको सचिवालय बैठक छोट्याएर फर्किएका थिए ।

प्रतिक्रिया दिनुहोस्