मुख्य समाचार

नेकपा एमालेको सचिवालय बैठक आज बस्दै

४ कार्तिक २०८१, आईतवार ०९:१४
नेकपा एमालेको सचिवालय बैठक आज बस्दै

४ कात्तिक,काठमाडौं। नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । आज साँझ ५ बजे एमाले केन्द्रीय कार्यालय, च्यासलमा पार्टीको सचिवालयको बैठक बस्न लागेको हो ।

आजको बैठकमा पछिल्लो राजनीतिक परिस्थिति, स्थानीय तहको उपनिर्वाचन लगायतका समसामयिक विषयमा छलफल हुने बताइएको छ । त्यस्तै पार्टीको केन्द्रीय कार्यालय कीर्तिपुरमा स्थापना गर्ने निर्णयप्रति भइरहेको आलोचनाको विषयमा पनि आजको बैठकमा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्