खेलकुद

नेपालले अमेरिकालाई दियो १७१ रनको लक्ष्य, भुर्तेलको विस्फोटक ब्याटिङ

४ कार्तिक २०८१, आईतवार ०८:५९
नेपालले अमेरिकालाई दियो १७१ रनको लक्ष्य, भुर्तेलको विस्फोटक ब्याटिङ

४ कात्तिक,काठमाडौं। दोस्रो टी–२० मा नेपालले अमेरिकालाई १७१ रनको लक्ष्य दिएको छ । अमेरिकाको टेक्ससस्थित डलासको ग्रान्ड पिएरी क्रिकेट रङ्गशालामा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले १ सय ७० रन बनाएको हो ।

अमेरिकाको डलासमा जारी सिरिजको दोस्रो खेलमा पहिले ब्याटिङ गरेको नेपालले ६ विकेट गुमाएर १७० रन जोड्दै चुनौतीपूर्ण लक्ष्य दिएको हो ।

सिरिजको दोस्रो खेलमा कुशल भुर्तेलले उत्कृष्ट प्रदर्शन गरे । नटआउट रहेर ५४ बलको सामना गरेका उनले ९२ रन जोडे । यसक्रममा उनले ७ चौका र ६ छक्का हिर्काए ।

त्यस्तै अनिल साहले २५, रोहित पौडेलले १८ रन जोडे । नेपालका अन्य ब्याटरले भने दोहोरो रनको योगदान दिन सकेनन् । दीपेन्द्रसिंह ऐरी २ रन र आशिफ शेखले १ रनमै आउट भए । अमेरिकाका नोसथुम केनजिग र जसदीप सिंहले २/२ विकेट लिए ।

घरेलु टिम अमेरिकाले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ । यसअघि नेपालले सिरिजको पहिलो खेलमा अमेरिकालाई १७ रनले पराजित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्