समाचार

बाघको आक्रमणबाट एक महिलाको मृत्यु

२५ पुष २०७८, आईतवार ०२:३८
बाघको आक्रमणबाट एक महिलाको मृत्यु

२५ पुस, रुपन्देही । बाघको आक्रमणबाट बाँकेमा एक महिलाको मृत्यु भएको छ । जिल्लाको फत्तेपुरकी ३० वर्षीया चाँदनी थारुको बाघको आक्रमणबाट मृत्यु भएको हो ।

घाँस, दाउरा गर्न जंगल गएकालाई बाघले धमाधम आक्रमण गर्न थालेपछि बाँकेका सर्वसाधारण चिन्तित भएका छन् । राप्तीसोनारी गाउँपालिका–४, प्रसोहनाकी लीला विष्टलाई आक्रमण गरेको दुई दिनपछि बाघले फेरि अर्को एक महिलालाई आक्रमण गरेको छ । बाघको आक्रमणमा परी शनिबार राप्तीसोनारी गाउँपालिका–६, हब्रहवाकी ३० वर्षीया चाँदनी थारुको मृत्यु भएको छ ।

फत्तेपुर जंगलमा दाउरा लिन गएको बेला चाँदनीलाई एक्कासी बाघले झम्टेर लगेको थियो । बाघ आक्रमणमा परेकी चाँदनीको खबर पाएलगत्तै फत्तेपुर प्रहरी चौकीका प्रहरीसहित स्थानीय खोजतलासमा जुटेको केहीबेरमा नै चाँदनीको शव भेटिएको फत्तेपुर प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्