समाचार

आजको मौसमः यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

२५ पुष २०७८, आईतवार ०२:३२
आजको मौसमः यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

२५ पुस, काठमाडौं।  नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आइतबार प्रदेश नं १ तथा लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहेको छ।

यस्तै राति देशभर आंशिकदेखि सामान्य बदली रही दिउँसो जस्तै केही स्थानमा वर्षाको सम्भावना छ । महाशाखाका अनुसार सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको हो । साथै उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ।

उच्च पहाडी तथा हिमाली भू-भागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । वर्षा र हिमपात मंगलबारसम्म पश्चिम हुँदै पूर्वसम्म आइपुग्ने अनुमान छ । चिसोबाट बच्न र हिमपातबाट हुन सक्ने प्रभाववाट जोगिन आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्