खेलकुद

क्रिकेटमा नेपालद्वारा अमेरिका पराजित

२ कार्तिक २०८१, शुक्रबार १०:१६
क्रिकेटमा नेपालद्वारा अमेरिका पराजित

२ कातिक,काठमाडौँ। अमेरिकासँगको पहिलो टि ट्वान्टीमा नेपाल विजयी भएको छ। अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरीमा शुक्रबार सम्पन्न खेलमा नेपाल १७ रनले विजयी भएको हो।

अमेरिकाको टेक्सासको डलासस्थित ग्रान्ड प्रिएरी रंगशालामा शुक्रबार बिहान भएको खेलमा घरेलु टोलीले टस जितेपछि नेपाललाई ब्याटिङको निम्तो दिएको हो । नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १६४ रन बनाएको छ ।

त्यसपछि अमेरिका दबाबमा परेको थियो। अमेरिकाले पूरा २० ओभर खेल्दै ७ विकेट गुमाएर मात्र १४७ रन मात्र बनाउन सक्यो। नेपालका लागि कप्तान रोहितकुमार पौडेलले ३३ बलमा सर्वाधिक ४९ रन बनाएका थिए। यसैगरी दीपेन्द्रसिंह ऐरीले २८, तथा ओपनरद्वय अनिल शाह र आसिफ शेखले समान २७ रन बनाएका थिएका थिए भने गुल्सन झाले ११ र कुशल भुर्तेलले १० रन बनाउँदा करण केसी र आरिफ सेख गोल्डेन डकआउट भएका थिए।

प्रतिक्रिया दिनुहोस्