समाचार

प्रचण्डले बोलाए विपक्षी दलहरुको बैठक

२ कार्तिक २०८१, शुक्रबार १०:११
प्रचण्डले बोलाए विपक्षी दलहरुको बैठक

२ कातिक,काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदका प्रतिपक्षी दलहरूको बैठक बोलाएका छन्।

 प्रचण्डले नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बिहान ९ बजे बस्ने गरि प्रतिपक्षी दलहरूको बैठक बोलाएका हुन्। समसामयिक राजनीतिक विषयमा र बाढीपहिरोपछिको अवस्थाबारे छलफल गर्नका लागि प्रमुख प्रतिपक्षी दलका नेताले प्रतिपक्षी दलहरूको बैठक बोलाइएको बताइएको छ।

सरकारले भने रास्वपाका सभापति रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको सिफारिशमा तत्कालै पक्राउको तयारी गरेको छ । कतिपयले रास्वपाले सभापति लामिछाने पक्राउ गर्ने भएपछि संसद्को विशेष अधिवेशनको माग गरेको भनेरपनि चर्चा गर्ने गरेका छन् ।

बैठकमा रास्वपा, राप्रपा, एकीकृत समाजवादी, जसपालगायतलाई छलफलमा बोलाइएको छ।

प्रतिक्रिया दिनुहोस्