समाचार

कुलेखानी-फाखेल र सिस्नेरी-दक्षिणकाली सडक तीन दिन बन्द

२ कार्तिक २०८१, शुक्रबार १०:१०
कुलेखानी-फाखेल र सिस्नेरी-दक्षिणकाली सडक तीन दिन बन्द

२ कातिक,हेटौँडा। मकवानपुरबाट कुलेखानी हुँदै काठमाडौँ जोडिने फाखेल र सिस्नेरी सडक तीन दिनको लागि बन्द हुने भएको छ ।

इन्द्रसरोवर गाउँपालिका-२ सिमखोलामा ह्युम पाइप राख्नुपरेकाले शुक्रबार तीन दिनसम्म दुवै सडक बन्द हुने प्रहरी नायब उपरीक्षक श्याम अर्यालले बताए।

दुवै सडकको वैकल्पिक मार्ग हेटौँडा-भैँसे-पालुङ-काठमाडौँ र कान्तिलोकपथ- हेटौँडा-ठिंगन-काठमाडौँ प्रयोग गर्न उनले अनुरोध गरेका छन्।

प्रतिक्रिया दिनुहोस्